April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

आजको मौसमः देशैभर हावाहुरीसहित वर्षाको सम्भावना

२०७९ चैत्र ४

372

काठमाडौंः देशभर आज मौसममा आंशिकदेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।काठमाडौँ उपत्यकासहित देशका केही भू–भागमा आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

काठमाडौंसहित देशका पहाड र तराई–मधेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना छ । भोलि आइतबार पनि हल्कादेखि मध्यम र पर्सि सोमबार मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको अनुमान छ।