October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

२०७९ फाल्गुन २२

296

काठमाडौंः नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गएको छ । खाना पकाउने ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते भएका सांसद भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरू सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन्।

‘स्वास्थ्यमा सुधार भइरहेको छ,’ अस्पतालमा रहेका सांसद भण्डारीका दाजु मिन भण्डारीले चिकित्सकहरूलाई उद्धृत गर्दै भने । चिकित्सकहरू र अस्पताल प्रशासनले सांसद भण्डारीलाई भेटघाट गर्न परिवारका सदस्यबाहेक अरूलाई भने दिएका छैनन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सोही दिन सांसद भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो। जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा छन्।