काठमाडौंः काभ्रेपलान्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेटमा काभ्रेको नमोबुद्ध नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । चार दिनअघि पनि ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।