January 22, 2026, Thursday
२०८२ माघ ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चा,म्याग्दी जिल्ला भेला सम्पन्न

२०७९ फाल्गुन २८

706

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,म्याग्दी जिल्ला भेला सम्पन्न भएको छ । आइतबार म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा जात व्यवस्था उन्मूलन मोर्चा,नेपालका केन्द्रीय संयोजक राजकुमार हिङमाङ र काठमाडौं जिल्ला समितिका संयोजक जसिन्द्र सिर्पालीको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलामा उपस्थितहरुको अनुमोदनले संयोजकमा नविना किसान,सचिवमा कल्पना पटेल र सदस्यहरुमा विनिता विश्वकर्मा,विवा विश्वकर्मा,अमृता सेञ्चुरी,पविन्द्र कुमाई,सुर्ज विश्वकर्मा र सुस्मिता किसान रहेको म्याग्दी जिल्ला समिति गठन भएको छ । कार्यक्रम संचालन जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका काठमाडौं जिल्ला सदस्य प्रकाश विसीले गरेका थिए भने कार्यक्रममा म्याग्दी जिल्लाका पत्रकार एवं राजनीतिज्ञहरुको उपस्थिती रहेको थियो ।