June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मुलन मोर्चाको काठमाडौं जिल्ला भेला सम्पन्न

२०७९ माघ २१

440

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चाको काठमाडौं जिल्ला समितीको दोस्रो भेला सम्पन्न भएको छ । शनिबार काठमाडौंको अनामनगरमा आयोजना भएको उक्त भेला वैज्ञानिक समाजवादी कम्युनिस्ट पाटी काठमाडौंका सचिव रुपा सुनार,जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका केन्द्रीय सचिव प्रेम कुमार गैह्रै र बागमती प्रदेश संयोजक अस्मिता वादीको उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त दोस्रो भेलाले जसिन्द्र सिपार्लीको संयोजकत्वमा १९ सदस्यीय जिल्ला कमिटीको गठन गरेको छ । त्यस्तै कमिटीको सचिवमा सरस्वती विश्वकर्मा र सदस्यहरुमा रिता वि.क.,शुशिला थापा, प्रकाश वि‍सी, ललिता गजमेर, गोरख नेपाली, विक्रम सुनार, रमेश सुनार, मनिस श्रेष्ठ, उमेश वि.क., नविन विश्वकर्मा, अस्मिता परियार र प्रकाश परियार रहेका छन् । बाँकी रहेका ५ जनालाई पछि थपिने मोर्चाले जनाएको छ ।