काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,दोलखा जिरी नगरपालिका २ यलुङको वडा भेला सम्पन्न भएको छ । जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको केन्द्रीय सदस्य जीतमान घतानेको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले १७ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जस अनुसार अध्यक्षमा राजेन्द्र सेञ्चुरी,उपाध्यक्षमा आइतिमाया विश्वकर्मा,सचिवमा सरिता लकान्द्रि र कोषाध्यक्षमा सन्जिला विश्वकर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिलमाया विश्वकर्मा,कविता रसाईली,सन्ज माया विश्वकर्मा,निर्मला गजमेर,प्रिती माया लकान्द्रि,आहत बहादुर विश्वकर्मा,धन माया विश्वकर्मा,फूलमाया विश्वकर्मा,धनमाया विश्वकर्मा,चन्द्र बहादुर विश्वकर्मा,आहतीमाया विश्वकर्मा,भिममाया विश्वकर्मा र कृष्ण बहादुर विश्वकर्मा रहेका छन् ।
हाल मोर्चाले आगामी वि.स. २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न पालिका, वडा,जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।
