April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चाको रामेछाप उमाकुण्ड दुईको भेला सम्पन्न

२०७९ चैत्र २४

888

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,रामेछाप उमाकुण्ड गाउँपालिका २ बाम्तीभण्डारको वडा भेला सम्पन्न भएको छ । जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको केन्द्रीय सदस्य जीतमान घतानेको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले १७ सदस्यीय वडा कमिटीको गठन गरेको छ । जस अनुसार अध्यक्षमा दिपक गजमेर,उपाध्यक्षमा प्रकाश धनुक,सचिव हर्क रसाईली र कोषाध्यक्षमा बिपना घताने रहेका छन् भने सदस्यहरुमा नविन गजमेर, सुर्य गजमेर,छत्र बहादुर रसाईली,राजन रसाईली,राम घताने देवकुमार रसाईली,टेक बहादुर रसाईली,केशव रसाईली,दिलमाया घताने,टेक बहादुर विश्वकर्मा,इन्द्र बहादुर रसाईली,कमल गजमेर रामकुमार गजमेर रहेका छन् ।

हाल मोर्चाले आगामी वि.स. २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न पालिका, वडा,जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।