September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

जात व्यवस्था उन्मूलन मोर्चा, नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न

२०८० माघ २०

3.1K

काठमाडौंः जात व्यवस्था उन्मूलन मोर्चा, नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । माघ १८ र १९ गते नवलपुरको देवचुली नगरपालिका –४ स्थित शान्ती डाँडामा मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष डोलराज विश्वकर्माको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो ।

मोर्चाको तेस्रो पूर्ण बैठकले मोर्चाको राष्ट्रिय भेलाबाट पारित विधानअनुसार अध्यक्ष मण्डलको अध्यक्ष परिवर्तन गर्ने निर्णय गरेको मोर्चाका महासचिव रुपा सुनारले बताएकी छन् । जसमा वर्णानुक्रम अनुसार हाल अध्यक्ष मण्डलको अध्यक्षमा सदस्य प्रेम गैरेलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैठकले तीन महिने आवधिक कार्ययोजनालाई पनि पारित गरेको छ । उक्त कार्ययोजना अन्तर्गत जातिय विभेदविरुद्ध देशभर एकैसाथ प्रदर्शन गर्ने, देशैभरी घट्ने जातिय विभेदका घटनाविरुद्ध तत्काल संघर्ष गर्नका निम्ति द्रुत सम्पर्क तथा कानुन टोली गठन गर्ने, संगठन विस्तार गर्ने लगायतका योजनाहरु बनाएको उनले बताइन् ।