काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा, नेपालको प्रथम सर्लाही जिल्ला भेला सम्पन्न भएको छ । बिहीबार सर्लाहीको लालबन्दीमा मोर्चाका केन्द्रीय संयोजक राजकुमार हिङमाङ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको केन्द्रीय सचिवालय सदस्य तथा मधेस प्रदेश संयोजक मदन अर्याल, लगायतका नेताहरुको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले शारदा विश्वकर्मा संयोजक,उद्धव विश्वकर्मा सह संयोजक,उर्मिला बर्देवा सह संयोजक,याम बहादुर विश्वकर्मा सचिव र रेविका विश्वकर्मा सहसचिव रहेको २१ सदस्यीय सर्लाही जिल्ला समिति गठन गरेको छ । सदस्यहरुमा विष्णुलाल विश्वकर्मा,खर्कमाया विश्वकर्मा,बिनिता विश्वकर्मा,गोविन्द पासवान,सुनिल बराईली,प्रताप गदाईली,यमलाल विश्वकर्मा,आश्मा विश्वकर्मा,मिरा रुचाल शोभा रुचाल र विमला विश्वकर्मा रहेका छन् ।
चैत २५,२६ र २७ गते हुने राष्ट्रिय भेलाका लागि जात व्यवस्था उन्मूलन मोर्चा,नेपालले हाल देशैभरका विभिन्न जिल्लाहरुमा संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ ।
