काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको भक्तपुर जिल्ला भेला सम्पन्न भएको छ । शनिबार भक्तपुरमा जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय संयोजक राजकुमार हिङमाङ,केन्द्रीय सदस्यहरु शान्ति गजमेर र रुकु रनपालको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले ४ सदस्य पछि थप्ने गरी १५ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । जस अनुसार संयोजकमा निर्जन विश्वकर्मा रहेका छन् भने सदस्यहरुमा रोबट विश्वकर्मा,सुनिल नेपाली,अमृता विश्वकर्मा,मार्सल विश्वकर्मा,गणेश विश्वकर्मा,रविना परियार,निर्माण विश्वकर्मा,सुरज तिरुवा,रेखा विश्वकर्मा र मिनुमाया विश्वकर्मा रहेका छन् ।
हाल मोर्चाले आगामी वि।स। २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न पालिका, वडा,जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।