April 9, 2026, Thursday
२०८२ चैत्र २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

धनुषाको भुतिपठरेवामा जात व्यवस्था उन्मूलन मोर्चाको टोल भेला

२०८० पुष ९

2.4K

काठमाडौंः धनुषाको मिथिला विहारी नगरपालिका १, भुतिपठरेवामा जात व्यवस्था उन्मूलन मोर्चा, नेपालको टोल भेला सम्पन्न भएको छ । सोमबार मोर्चाका महासचिव रुपा सुनारको उपस्थितिमा भएको भेलाले ३ सदस्यीय अध्यक्ष मण्डल सहित १५ सदस्यीय टोल समिति गठन गरेको छ । जस अनुसार अध्यक्ष मण्डलमा मर्नी कुमारी दास, दसैया पासवान र राम सागर सदा रहेका छन् । त्यसै गरी सचिवमा संगिता दास, कोषाध्यक्षमा बिल्टुन दास र सदस्यहरूमा पुनम दास, जलसि दास, राजेश कुमार दास, दुख्नि सदा, पसिया दास, राम सरण दास, विरेन्द्र कुमार दास, रोहित कुमार दास, मालति सदा र गंगा पासवान रहेका छन् ।

सुरुवातदेखि नै संगठित रुपमा जात व्यवस्था विरोधी अभियान सञ्चालन गर्दै आएको जात व्यवस्था उन्मूलन मोर्चाले हाल देशका विभिन्न स्थानमा संगठन विस्तार अभियान संचालन गरिरहेको छ ।