काठमाडौंः पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कार्यालयमा तालाबन्दी भएको छ । मंगलबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपाल पाटन संयुक्त क्याम्पस एकाइ समितिले उक्त तालाबन्दी गरेको हो ।
आफूहरुको माग सम्बोधन नगरी उल्टै बेवास्ता गरेका कारण तालाबन्दीको कदम चाल्न बाध्य भएको संगठनका एकाई अध्यक्ष बम बहादुर विश्वकर्माले बताएका छन् । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत स्ववियुका सम्पूर्ण पदाधिकारीहरुसँग पटकपटक माग सम्बोधनका लागि समन्वय गर्दा समेत बेवास्ता भएको उनको भनाइ छ ।
यसअघि गत चैत्र २८ गते नै स्वतन्त्र विद्यार्थी युनियनलाई उक्त संगठनले ५ बुँदे सूचना माग राख्दै मागपत्र राखेको थियो । क्याम्पसको आर्थिक पारदर्शिता सुनिश्चित गर्ने प्रयोजनका लागि भन्दै संगठनले स्ववियुको हालसम्म भएका सबै आर्थिक गतिविधि तथा विवरणहरुको माग गरिएको थियो ।
यस्तो छ मागपत्रः