September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

पोखरामा एक जनाले गरे आत्मदाहको प्रयास

२०७९ माघ १५

386

पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा आगो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् ।

ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए ।

“डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ”, उनले भने, “अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।” घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिए ।