October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रधानमन्त्रीको भ्रष्टचार विरोधी अभियानमा काभ्रेली जनताको साथ रहन्छः लालध्वज

२०८० बैशाख २६

620

काभ्रेः नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेको भ्रष्टचार विरुद्धको अभियानमा काभ्रेली जनताले डटेर साथ दिने बताएका छन् । काभ्रेको महाभारत गाउँपालिकाको विद्युत प्रशारण लाइन उद्घाटन तथा सडक शिलान्यास कार्यक्रममा सांसद दोङले पछिल्लो चरण प्रधानमन्त्री प्रचण्डले भ्रष्टचार विरुद्ध चालेको निर्मम कदमलाई काभ्रेली जनताले खुलेर स्वागत गरेको र जस्तोसुकै परिस्थिति सिर्जना भए पनि सुशासनको यस अभियानमा जनताको साथ रहने बताएका हुन् ।

प्रधानमन्त्रीको यस अभियानले सत्तापक्ष,प्रतिपक्ष वा आफ्नै दल भित्रका मानिसहरू पर्न सक्ने भए पनि आफ्नो र अरुको नभनी मजबुत ढंगले खुट्टा टेके जनताको विश्वास पुनः माओवादी तर्फ फर्किने भन्दै यो स्वर्णिम अवसरलाई सदुपयोग गर्न दोङले प्रधानमन्त्रीसंग अपिल गरेका छन् । साथै उनले विगतमा डाँडापारीका धेरै भुगोलहरुमा माओवादीका छापामारहरुले परेड खेलेको र त्यस क्षेत्रका जनताले दिएको साथ सहयोगलाई आत्मसाथ गर्दै विशेषगरी महाभारत, खानीखोला,रोशी,तेमाल,चौँरी देउराली,नमोबुद्ध लगायतका दुर्गम ठाउँहरुको विकासका लागि आफु सधैं लागिपरेको बताए ।

उनले भने ‘पहिलो स्थानीय निर्वाचन ताका महाभारत र खानीखोलाको सबै ठाउमा हामीले हिडेरै भोट मागेका थिए तर आज सडक नपुगेको गाउँ छैन, विद्युतको सुविधा पनि पाएको छ, अब सडक कालोपत्रेका लागि पनि काम धमाधम सुरु भएको छ । यसलाई विकास भएकै मान्नुपर्छ । तर, यति पर्याप्त छैन’ । त्यस्तै कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा विसङ्गति,विकृति र भ्रष्टचारले विकराल रुप लिएको र भ्रष्टचारको अन्त्य नभए सम्म नेपाली जनताले सुख र समृद्धि देख्न नपाउने भन्दै भ्रष्टचार नियन्त्रणका लागि जनयुद्धमा जस्तैः जनताको साथ चाहिएको बताएका थिए ।