February 26, 2026, Thursday
२०८२ फाल्गुन १४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बलात्कारीहरुलाई अदालतले सफाइ दिएको भन्दै काठमाडौंमा प्रदर्शन

२०७९ फाल्गुन १५

1.1K

काठमाडौंः नाबालिग बलात्कार घटनाका आरोपीहरुलाई सफाइ दिएको भन्दै अदालतको निर्णय विरुद्ध आज विरोध प्रदर्शन भएको छ । अदालतले नाबालिग बलात्कार आरोपी अभिनेता पूर्णविक्रम शाह र क्रिकेटर सन्दीप लामिछानेको पक्षमा फैसला गरेको भन्दै काठमाडौंको माइतिघर मण्डलामा आजाद मोर्चाको आयोजनामा उक्त प्रदर्शन भएको हो । प्रदर्शनमा ‘पितृसत्ताका पहरेदार होसियार’,‘सर्भाइबरलाई हिम्मत उत्पिडकलाई चेतावनी’,‘अदालती पितृसत्ता मुर्दावाद’,‘छोरीहरुलाई बाँच्न देउ’ लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो भने नाराबाजी र कविताहरु पनि वाचन गरिएको थियो ।

पोखरा उच्च अदालतले आइतबार अभिनेता पूर्णविक्रम शाहलाई नाबालिग बलात्कार अभियोगमा सफाइ दिएको थियो । त्यस्तै आजैमात्र सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पनि बलात्कार अभियोगमा थुनामा राख्नु नपर्ने र विदेश जानबाट पनि रोक लगाउन नपर्ने आदेश जारी भएको छ ।