काठमाडौंः बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। आइतबार भर्चुअल माध्यम मार्फत बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा र संस्थाका अध्यक्ष रविप्रताप घिसिङको सभापतित्वमा दक्षिण कोरियाको राजधानी सउलमा उक्त अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले भवानी प्रसाद (बि. पि) पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काभ्रेका नवराज तिमिल्सिना,उपाध्यक्षमा चितवनका सागर सापकोटा, दोलखाका रेशम अधिकारी र महिला उपाध्यक्षमा सुश्मा थापा निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा मकवानपुरका सुरेश थिङ,सचिवमा सिन्धुपाल्चोकबाट ताराचन्द्र आचार्य, काभ्रेबाट सुमन चौलागाईं निर्वाचित भएको छ । त्यस्तै अधिवेशनले दोलखाकी जयन्ती शर्मा घिमिरेलाई कोषाध्यक्षमा चुनेको छ भने धादिङका पुर्ण बहादुर प्रधान सहकोषाध्यक्षमा चुनिएका छन् ।
प्रदेश अन्तर्गतका प्रत्येक जिल्ला समितिबाट एकएक जना जिल्ला संयोजक कार्यसमिति सदस्य रहने विधानको व्यवस्था अनुसार धादिङबाट अमर घले, काभ्रेबाट केशव मान लामा, दोलखाबाट कुन्जन थापा र रामेछापबाट पदम बहादुर थापामगर मनोनित भएका छन् । बाँकी जिल्लाहरुबाट नाम प्राप्त भएपछी सल्लाहकारहरु र विधान बमोजिमका बाँकी सदस्यहरु कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने जनाएको छ ।
बागमती प्रदेश एकता समाज दक्षिण कोरिया, कोरियामा रहेका बागमती प्रदेस अन्तर्गतका जिल्लागत संस्थाहरुको छाता सङठन हो । यसको स्थापना २०१८ मा भएको थियो ।




