April 9, 2026, Thursday
२०८२ चैत्र २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीबाट एक जना पक्राउ

२०७९ फाल्गुन ११

400

काठमाडौंः म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मंगला गाउँपालिका ३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापा रहेको प्रहरीले जनाएको छ ।

ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।