November 13, 2025, Thursday
२०८२ कार्तिक २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बोझेनीमा २७ औं दिन पनि स्थानीयको आन्दोलन जारी (तस्बीरहरु)

२०७९ माघ १३

6.2K

काठमाडौंः काठमाडौं शंखरापुर नगरपालिका ३ बोझेनीका स्थानीय बासीन्दाहरुले आज (शुक्रबार) २७ औं दिनसम्म पनि शान्तिपुर्ण आन्दोलन जारी राखेका छन् । नेपाल विद्युत प्राधिकरण र एसियाली विकास बैंकले जनताको विरोधका बाबजुद पनि जबरजस्ती प्रहरी नै परिचालन गरेर सवस्टेशन र हाइटेन्सन लाइन बनाउन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । यद्यपि अहिले भने प्रहरी र सुरक्षाकर्मीहरुको त्यहाँ उपस्थिति रहेको छैन । २७ औं दिनको आन्दोलनमा आज स्थानीयबासीहरुले रचनात्मक आन्दोलन कार्यक्रम गरेका थिए ।

सवस्टेशन निर्माणस्थलमा तामाङ समुदायको मौलिक बाजा डम्फुको आकृति बनाएर आकृतिको बीचमा ‘हाम्रो भूमि फिर्ता गर’ को नारा बनाएका थिए र वरिपरि स्थानीयहरु जम्मा भएर विभिन्न कथा र कविता वाचन एवं नाराबाजी समेत गर्दै आन्दोलन गरेका थिए । अप्पर तामाकोशी जलविद्युत पिडित संघर्ष समिति,दुङह्युल तामाङ लोप्तेन छोगछेन र समान नेपालको संयुक्त आयोजनामा उक्त शान्तिपुर्ण आन्दोलन भईरहेको हो । आन्दोलनमा उत्रेका स्थानीयहरुले यसअघिदेखि नै आदिवासीहरुको भूमिमा जबरजस्ती सवस्टेशन निर्माण गर्न नपाईने र उक्त स्थानबाट स्थानान्तरण नै गर्न माग गरिरहेका छन् ।

 

नेपाल विद्युत प्राधिकरणले जनताको जायज माग पुरा गर्ने तर स्थानान्तरण गर्न नसक्ने बताउँदै आएको छ । आफ्नो थातथलो बचाउनका लागि भन्दै निरन्तर आन्दोलित बनेका स्थानीयहरुले भने पहिले सर्भे भएको काभ्रेको मण्डनदेउपुरमा नबनाएर जबरजस्ती बिना सर्भे बोझेनीमा बनाउन लागेको र षड्यन्त्रपुर्वक आफुहरुको जमिन कब्जामा लिएको आरोप लगाउँदै आईरहेका छन् ।