June 6, 2026, Saturday
२०८३ जेष्ठ २३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

मलको अनुदान कटौती गरिएको विरोधमा प्रदर्शन

२०७९ चैत्र ६

398

सरकारले मलको अनुदान कटौती गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रदर्शन गरेको छ । खेती गर्ने समय अगावै माग बमोजिम मल आपूर्ति गर्न नसकिएको अवस्थामा अनुदान कटौती गर्ने निर्णय गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिक्तेलमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर अनुदान कटौतीको निर्णय फिर्ता लिन सरकार समक्ष माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईले मलको अनुदान कटौती तथा मूल्या वृद्धि सम्बन्धी निर्णय तत्काल फिर्ता लिन र सर्वसुलभ ढंगले मल आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सरकार समक्ष मल आपूर्तिको दीर्घकालिन समस्या समाधानका लागि देशभित्र रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया तत्काल प्रारम्भ गर्न तथा किसानबाट उत्पादित वस्तुको उचित मूल्या र वजारको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको राप्रपाका अध्यक्ष राईले बताए । ‘किसानले रासायनिक मलमा पाउँदैआएको अनुदान घटाउने र मूल्य बृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘कृषिजन्य वस्तुको उत्पादन लागत बढेको अवस्थामा यसले किसानलाई उत्पादन लागत बढाई छिमेकी देशहरुको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने थप जोखिम वढाएको छ । अनुदान कटौतीको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भत्र्सना गर्दछ ।’

राप्रपाको बिरोध प्रदर्शन भइरहँदा सरकारले सोमबार रासायनिक मलमा दिंदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।