August 9, 2026, Sunday
२०८३ श्रावण २४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

२०७९ माघ १२

388

काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ। यसैगरी, आगामी राष्ट्रपतिको निर्वाचन, सरकारको कामकारबाही, पार्टी संगठन र विचार मिल्ने दलसँग एकतालगायतका विषय पनि छलफल हुने एक नेताले बताएका छन्।

माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको अन्तिम गृहकार्य गरिरहेको छ। दुवै पार्टीका वार्ता समितिले एकताको अन्तिम ड्राफ्ट तयार गरिसकेको बताएका छन्। त्यसका लागि आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको छ। दुवै पार्टीको बैठकले स्वीकृत गरे पछि पार्टी एकता हुनेछ।