September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सरकासँग बेलवासेको आग्रह

२०७९ चैत्र १२

532

राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सरकासँग आग्रह गरेकी छन् ।

आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद बेलवासेले यस्तो माग गरेकी हुन् । उनले देशभर नै अहिले मिटरब्याज पीडितहरुको समस्या बढ्दै गइरहेकाले यसमा सरकारले गम्भीर बन्नुपर्ने बताइन् ।

सांसद बेलवासेले हरेक तहमा मिटरब्याजी पीडितहरुले समस्याको उठान गरेपनि समस्या समाधान हुन नसकेको बताइन् ।