August 9, 2026, Sunday
२०८३ श्रावण २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२०७९ फाल्गुन १४

390

काठमाडौंः राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकको सुरुमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन् । त्यसपछि राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सभाध्यक्षले सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची तय भएको छ।

यस्तै, आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५।७६ देखि ७७।७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मुल्यांकन प्रतिवेदन २०७९ संसदमा पेश गर्ने संसद सचिवालयले जनाएको छ।