September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

लुम्बिनी प्रदेशकाका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

२०७९ माघ ५

958

काठमाडौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिने भएका छन् । बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। लुम्बिनीमा सत्ता साझेदार दलहरूको बहुमत रहेको छ। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश संसदीय दल नेता गिरी ५८ जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए।

लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार।चार, जसपा, लोसपा र जनमत पार्टीका तीन।तीन जना र २ स्वतन्त्र सांसदले गिरीलाई समर्थन गरेका थिए। उनले २ जना मन्त्री बनाए पनि मन्त्रालय तोकेका छैनन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ।