September 3, 2026, Thursday
२०८३ भाद्र १८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

विराटनगरमा प्रदर्शन तनावग्रस्त : हवाइ फायर, चार प्रदर्शनकारी पक्राउ

२०७९ चैत्र ५

414

विराटनगर । कोसी प्रदेश नाम खारेज गर्नुपर्ने मागसहित आज विराटनगरमा गरिएको प्रदर्शन तनावग्रस्त बनेको छ  । प्रदर्शनका क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीको प्रदेशसभा अगाडि पनि प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनमा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायत नेताले सम्बोधन गर्ने तय थियो ।