काठमाडौंः दल बहादुर चेम्जोङले गत १०० औं जन्मदिन मनाएका छन् । शताब्दीपुरुषको परिचय बनाउदैँ सोमबार एक भव्य जन्मोत्सव कार्यक्रम गरि मनाइएको हो । भक्तपुर स्थित निजी निबासमा बिहान सबेरै किरात धार्मिक मुन्धुम अनुसार युमा,थेबा,हिममाङ साथै कुदाप कुई गरि नोमाङ्गेना मुन्धुम वाचन गरिएको थियो ।
किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भो का केन्द्रिय अध्यक्ष ,साङ्दाङगेन वारुम्साबा तथा आफ्ना जेठो ज्वाइँ बलराम खजुम,किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो काठमाडौँका अध्यक्ष हरि थक्लिहाङ लगायतले मुन्धुम वाचन गरेका थिए । संगम पार्टी प्यालेसमा आयोजित एक विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा किरात ज्योतिषविद डा. चन्द्र कुमार सेर्मा ,किरात धर्म तथा साहित्य उत्थान संघ काठमाडौँका अध्यक्ष जिवन कुमार सुनुवार,किरात धर्म सम्बद्ध उपत्यकाका विभिन्न पदाधिकारीहरु, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता,भक्तजन,शुभेच्छुक, आफन्तजनहरु लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
जन्मदिनको विशेष अवसरमा १०० दिप प्रज्वलन गरि सुरुवात गरिएको कार्यक्रममा उनको १०० थान जिवनी पुस्तक वितरण गरिएको थियो । ३ जना छोरा हरु मध्ये जन्मदिनको अवसर पारेर बेलायतबाट कान्छा छोरा केबाहाङ लगायत ४ जना छोरी, नाति नातिनाहरुले खमदामाला र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा विभिन्न संघ,संस्था तथा ब्यक्तिहरुले सम्मान पत्र,दोशल्ला ओढाई सम्मान गरिएको थियो ।