April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

हिंसा दिवसलाई राष्ट्रिय दिवस मान्ने सरकारको निर्णय दु:खद – अध्यक्ष ओली

२०७९ फाल्गुन ११

392

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निवासमा आयोजित ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा उनले फागुन १ गते जनयुद्ध दिवस नभई ‘हिंसा दिवस’ भएको भन्दै त्यसलाई सरकारले राष्ट्रिय रूपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताएका हुन् ।

“त्यो हिंसाको धङधङी के देखिन्छ भने, अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुराचाँहिँ सही होइन,” उनले भने, “सरकारले किन त्यो गर्‍यो ? आकास्मिक रूपमा त्यो किन गर्नुपर्‍यो रु आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नपर्‍यो ? त्यो मैले पनि बुझेको छैन ।”