August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

२०७९ माघ २७

466

काठमाडौंः सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख सावित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाइएको जानकारी दिएकी छन्। जसअनुसार काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गड्डाचौकी, लोमान्थाङ, बैतडी नाकाबाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ।

‘यस केन्द्र तथा अन्तर्गतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात गर्नका लागि आयात अनुमति पत्र जारी नगर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ।