September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम बहस सुरू

२०७९ माघ १३

408

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम बहस सुरू भएको छ । अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोके बमोजिम संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा परेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत तथा युबराज पौडेलले सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट दायर गरेका थिए ।