August 27, 2026, Thursday
२०८३ भाद्र ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

गोर्खा लार्केपासको हिउँमा फसेका दुई नेपालीको उद्धार

२०७९ चैत्र ९

660

काठमाडौंः  गोरखाको लार्केपासका लागि जाँदै गरेका दुई जना नेपाली हिउँमा फसेपछि उद्धार गरिएको छ । हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो । नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको छ ।

‘हिउँमा फसेको जानकारी पाएपछि प्रहरी र स्थानीयको सहयोगमा उहाँहरूलाई उद्धार गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले भने, ‘उहाँहरूलाई हेलिकप्टरमा ल्याउन प्रमुख जिल्ला अधिकारीबाट पहल भइरहेको छ।’ उनीहरू बुधबार हिउँमा फसेको जानकारी आएको थियो। लगत्तै प्रहरीहरू त्यसतर्फ गएर उद्धार गरेको उनले बताए।

लार्केपास गर्न बुधबार बिहान उनीहरू सामागाउँको लार्के गाउँबाट त्यसतर्फ लागेका थिए । उनीहरू धर्मशालाबाट करिब दुई घन्टा माथि बाटोमा हिउँमा फसेको जानकारी आएपछि उद्धार गरिएको हो । उद्धार गरिएकाहरूको अवस्था सामान्य छ । उनीहरू हिउँमा फसेको जानकारी एक पर्यटक गाइडले प्रहरीलाई दिएका थिए।