August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

तुइनबाट खसेर दार्चुुलामा एकजना बेपत्ता,प्रहरी प्रशासन बेखबर

२०७९ पुष २३

592

कठमाडौंः दार्चुुलाको ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् । ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए । घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारीमा आएको हो ।

 

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । प्रहरीले पनि उक्त घटनाबारे यकिन जानकारी नभएको जनाएको छ । प्रहरीलाई महाकालीमा तुइनबाट खसेर बेपत्ता भएको खबर बुझ्न फोन आउन थालेपछि अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर तुइन विस्थापित गरिसकेको घोषणा गरे पनि कतिपय पहाडी जिल्लामा ज्यान जोखिममा राख्दै तुइनको सहारामा नदी तर्नुपर्ने बाध्यता छ ।