April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
रकमराज तामाङ

नेपाल तामाङ युवा घेदुङ भक्तपुरको तेस्रो अधिवेशन सम्पन्न

२०८० श्रावण १३

1.7K

काठमाडौंः तामाङ समुदायको जातीय संगठन नेपाल तामाङ घेदुङको भातृ संगठन नेपाल तामाङ युवा घेदुङ भक्तपुर जिल्लाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार भक्तपुरमा नेपाल तामाङ घेदुङका केन्द्रीय सह –सचिव हर्क तामाङ,युवा घेदुङ संघका केन्द्रीय अध्यक्ष बिलाम मोक्तान,केन्द्रीय सदस्य हिरालाल दोङ तामाङ, तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष कान्छा तामाङ, युवा घेदुङका केन्द्रीय सदस्य मन्जु तामाङ लोप्चन लगायतको उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले नौ सदस्यीय भक्तपुर जिल्ला कार्य समितिको निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार अध्यक्षमा बलराम तामाङ,उपाध्यक्षमा सुमित्रा तामाङ, सुकमान तामाङ, सचिवमा साजन लामा, कोषाध्यक्षमा सुमी तामाङ र सदस्यहरुमा ङेमा तामाङ, रुकेश तामाङ र निरज तामाङ निर्वाचित भएका छन् ।