August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

पदका लागि एकिकृत समाजवादीमा प्रवेश गरेको हैनः दिपक मनाङे

२०७९ मंसिर २०

416

काठमाडौंः नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङले आफु पदका लागि पार्टी प्रवेश गरेको भन्नु गलत भएको बताएका छन् । मंगलबार समाजवादी पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गुरुङले आफु जनताको सेवाका लागि पार्टी प्रवेश गरेको भन्दै पदको कुनै लोभ नभएको बताएका हुन् ।

 

अब एकीकृत समाजवादी छाडेको खण्डमा आफुले राजनीति नै नगर्ने उनले बताए । गुरुङले यसअघि आफ्नै कारणले गठबन्धनले सरकार बनाउन सकेको भन्दै ठूला ठूला मन्त्रालयहरुको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको धारणा राखे । उनले आफु मुख्यमन्त्रीको दाबेदार नभएको पनि बताएका छन् ।

 

गुरुङलाई पार्टी कार्यालयमा समाजवादीका महासचिव बेदुराम भुसाल लगाएतले स्वागत गरेका थिए । गुरुङलाई स्वागत गर्दै भुसालले विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु उचित नभएको बताएका छन् ।