April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

२०७९ माघ २६

376

काठमाडौंः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ ।दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो ।

नेप्सेमा सुधार देखिएपनि मौद्रिक नीति समीक्षाको पर्खाइमा लगानीकर्ता देखिएका छन् । जसले गर्दा कारोबार रकम भने २ अर्ब ६ करोड २० लाख ५९ हजारमा सीमित भएको छ । अपि पावरको सर्वाधिक ५ करोड ८६ लाख ५५ हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार र ङ्यादी ग्रुप पावरको ५ करोड ३३ लाख ७ हजारको कारोबार भएको छ ।

बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १।४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १५२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने ५८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने स्थिर छ ।