September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत माग्दै ओलीलाई देउवाको पत्र

२०७९ फाल्गुन १६

512

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

ओलीले कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङका लागि भोट मागेका थिए । आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।