April 9, 2026, Thursday
२०८२ चैत्र २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

संसद बाहिरका चार कम्युनिस्ट पार्टीहरुले पार्टी एकताको बहस आरम्भ गर्ने

२०७९ माघ २७

646

काठमाडौंः संसद बाहिरका चार कम्युनिस्ट पार्टीहरुले पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणका निम्ति छलफल गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा बसेको चार कम्युनिस्ट पार्टीको बैठकले उक्त निर्णय गरेको हो । शुक्रबार विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी,आहुती महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल,ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी अध्यक्ष रहेको नेकपा माओवादी समाजवादी पार्टीका बीचमा उक्त बैठक भएको हो ।

 

चार पार्टीको बैठकले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दा सबै स्थिति चरम संकट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकालिएको जनाएको छ । त्यस्तै उक्त विज्ञप्तिमा पार्टी एकता,संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुन १५ मा पुनः चार पार्टीको बैठक बस्ने उल्लेख गरिएको छ । यसअघिदेखि नै यी चार पार्टीहरु संयुक्त रुपमा विभिन्न आन्दोलनहरु गर्दै आइरहेका छन् ।