September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

सांसद प्रभु साहले प्रचण्डलाई विश्वासको मत दिने

२०७९ चैत्र ६

438

काठमाडौं । आम जनता पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। सो पार्टीका सांसद प्रभु साहले सोमबार प्रतिनिधि सभामा बोल्दै आफूले विश्वासको मत दिने बताए ।

उनले देश अहिले समस्यामा रहेको भन्दै त्यसको समाधान निषेधबाट समाधान नहुने बताए। सबै पार्टीहरु सहमतिबाटै हिँड्नुपर्ने जरुरी रहेको उनको भनाइ थियो।

साहले एमालेले प्रधानमन्त्री प्रचण्डलाई किन समर्थन फिर्ता लियो, आफूले बुझ्न नसकेको बताए। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोलेका विष्णु पौडेलको कुराबाट पनि आफूले बुझ्न नसकेको उनको भनाइ थियो।

प्रचण्डलाई समर्थन गर्दा एमालेले जे प्राप्त गरेको थियो, समर्थन फिर्ता लिएपछि पाएको चिज पनि फिर्ता गर्नुपर्दैन? भन्ने साहको प्रश्न थियो।