काठमाडौं: दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई हराएकी हुन्।
माओवादीकी उम्मेदवार रेखाले २६ हजार ८ सय ७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएर पराजित भए । उनीहरूबीच १९६ मतको मतान्तर रहेको छ ।