August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

२०७९ मंसिर १९

426

काठमाडौंः दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कार्की ५१८ मतान्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत र्पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएर पराजित भएका हुन्।

अहिले समानुपातिकको गणना भइरहेको छ । समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितको अन्तरको अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यससँगै देशभरको निर्वाचन परिणाम आएको छ भने माओवादी केन्द्रले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट पुर्‍याएके छ । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।