May 14, 2026, Thursday
२०८३ बैशाख ३१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

तामाङ राष्ट्रिय पुस्तकालयको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न

२०७९ मंसिर २४

648

काठमाडौंः तामाङ राष्ट्रिय पुस्तकालयको प्रथम वार्षिक उत्सव कार्यक्रम काठमाडौंको बौद्धमा आज सम्पन्न भएको छ । स्थापनाकोे एक वर्ष पुरा भएको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पुस्तकालयको वार्षिक विवरणहरु प्रस्तुत गरिएको थियो भने सहयोग गर्ने व्यक्ती तथा संस्थाहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

 

कार्यक्रममा सम्बोधन गर्दै पुस्तकालय संचालक समितिका अध्यक्ष अमृत योञ्जनले तामाङ समुदायको पनि राष्ट्रिय स्तरको पुस्तकालयको आवश्यकता महसुस भएकाले र तामाङ भाषाका सामग्रीहरुलाई संकलन एवं व्यवस्थित गर्ने उद्धेश्यले तामाङ राष्ट्रिय पुस्तकालयको स्थापना गरिएको बताए । `तामाङ डाजाङ, तामाङ न्हाङखोर, तामाङ घेदुङ लगायतका संस्था र बौद्धिक व्यक्तित्वहरु बसेर छलफल गर्दा तामाङ समुदायको पनि पुस्तकालयको आवश्यकता महसुस भयो´, उनले भने, `स्थापना हुनुको मुख्य उद्धेश्य तामाङ भाषाका सामग्रीहरुलाई संकलन एवं व्यवस्थित गर्नु नै हो।´

कार्यक्रममा तामाङ राष्ट्रिय पुस्तकालय संचालक समितिका अध्यक्ष अमृत योञ्जन,काठमाडौं क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे,क्षेत्र नं ३ प्रदेशसभा क का सांसद छिरिङ दोर्जे लामा,जापानका लागि पुर्व राजदुत डा.गणेश योञ्जन,तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन,भाषा आयोगका कार्यवाहक अध्यक्ष उषा हमाल लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।