June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

यी हुन् नेपाली कांग्रेसले छानेको ३२ समानुपातिक सांसद (नामावली सहित)

२०७९ मंसिर २५

644

काठमाडौंः नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभासँगै प्रदेशसभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३२ समानुपातिक सांसदको नाम आयोगमा बुझाएको हो । संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाएको छ ।

कांग्रेसले खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, मधेसी पुरुषतर्फ उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियारको नाम पठाएको छ । महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएकी छिन् । कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावललाई छानेको छ ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम , सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन र अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ । यस्तै दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार र आशा विक चयन भएका छन् । मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल छानिएका छन् । मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।