September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष ‌ओलीको नाममा फुटबल प्रतियोगिता गर्ने

२०७९ माघ १३

376

काठमाडौं । ‘केपी ओली कप २०७९’ खुला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष ‌ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिताबारे विस्तृत जानकारी शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर दिइने भएको छ। प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म हुने तय भएको छ।

प्रतियोगिता आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमति दिइसकेको छ। प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाइएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ।

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुनेछन्। उनले प्रतियोगिताको सम्पूर्ण आयोजना युवा संघले गर्नेछ। एन्फाले केही सामग्री र प्राविधिक सहयोग गर्ने भएको छ।