September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

क्यामेरासहित आईसीयू पुगेपछि विवादमा आएकी कार्कीले सार्वजनिक गरिन् यस्तो जानकारी

२०७९ माघ १३

446

स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले मंगलबार आत्महत्याको प्रयास गरेका (हाल मृतक) प्रेमप्रसाद आचार्यलाई आईसीयूमा भेट्न गएको भिडियो विवादमा आएको छ। अघिकांश आलोचकहरुले आईसीयूजस्तो संवेदनशील स्थानमा गएर बिरामीलाई भेटेको, उनीसँग विभिन्न प्रश्न सोधेर केरकार गरेको भन्दै आलोचना गरेका छन् ।

आईसीयूमा गएर बिरामीको केरकार गरेको, आईसीयूको प्रोटोकल भुलेको लगायतका विषयमा आलोचना भएपछि राज्यमन्त्री डा कार्कीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेकी छिन्। उनले यस विषयमा नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत परेको भन्दै जवाफ दिन उचित ठानेको भन्दै सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले मृत्यु भइसकेका व्यक्तिमाथि राजनीति नगर्न आग्रह गरेकी छिन् ।

‘ज्यान गुमाईसकेका व्यक्तिको मृत्यू माथी यसरी राजनीती नगरौँ | आत्मदाह गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो/खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयम्ले उठाउन खोज्नुभएको, सोध्न खोज्नु भएको तमाम प्रश्नहरुको जवाफ खोज्ने बहसलाई ओझेलमा नपारौँ,’ उनले लेखेकी छिन् ।