August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

देशमा जबरजस्ती क्रिश्चियानिटी बढेको भन्दै कानुन बनाएर रोक्न संसदमा माग

२०७९ माघ १८

426

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना बढेको भन्दै रोक्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका पन्तले जबरजस्ती धर्म परिर्वतन गराएर देशलाई क्रिश्चियानिटी बनाउन खोजेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् ।

जबरजस्ती धर्म परिवर्तन रोक्न अहिलेको कानुन पर्याप्त नभए कानुन बनाएर भए पनि रोक्नुपर्ने बताएका उनले कुनै पनि धर्म र जातका विषयमा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

साथै सांसद पन्तले संसद बैठकमा प्रधानमन्त्री र प्रमुख मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा जोड दिए ।

उनले संसदको बैठकको सुरुमा प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा बताएका हुन् । सांसदहरुले बैठकमा उठाएका विषयलाई सरकारले सुन्नुपर्ने उनको माग छ ।