April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेको सरकारी कागजात

२०७९ माघ २६

662

काठमाडौंः जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताए।

‘हामीले उहाँका काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएका हौं,’ उनले भने, ‘त्यहाँबाट कागजात आएपछि अध्ययन गरेर निर्णय गर्छौं।’

युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा निवर्तमान गृहमन्त्री रवि लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका थिए । काठमाडौं प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेपछि पौडेलले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए। सरकारी वकिल कार्यालयले उनको जाहेरीमा उल्लेखित विवरणहरू हेरेर दर्ता गर्नुपर्ने भए दर्ता गर्न र नपर्ने भए नगर्न प्रहरीलाई निर्देशन दिने छ।