September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

विवेकशील साझाकाे प्रथम महाधिवेसन काठमाडाैंमा सुरू

२०७९ माघ २७

404

काठमाडाैं । विवेकशील साझा पार्टीकाे प्रथम महाधिवेसन काठमाडाैंमा सुरू भएकाे छ । लामाे समयदेखि छिन्न भिन्न अवस्थामा रहेकाे साे पार्टीकाे प्रथम महाधिवेसन आजबाट सुरू भएकाे हाे ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएकाे साे महाधिवेसनकाे नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।

पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेकाे विवेकशीलले महाधिवेसनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन भने प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन् ।

शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, काेषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ ।