September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

 कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त

२०७९ फाल्गुन ७

248

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए ।

सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्तअन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् ।

गुरुङले ४ वर्षको कार्यकाल सम्म यस बैंकको सिईओ पदमा बसेर काम गर्नेछन । उनलाई शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा गुरुङ छानिएका हुन् ।