May 14, 2026, Thursday
२०८३ बैशाख ३१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

२०७९ फाल्गुन १२

356

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२ः३० बजेका लागि बोलाएका हुन्।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच भावी राष्ट्रपतिको बिषयमा सहमति हुन नसकिरहेको बेला सोही सत्तारुढ गठबन्धनका एक घटक राप्रपाले बैठक बोलाएर ‘पोजिसन क्लियर’ गर्न खोजेको बुझिएको छ ।

राप्रपा भित्र पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कि सत्ताको सहयोगी दल नेकपा एमालेलाई समर्थन गर्ने भन्नेमा दुई धार देखा परे पछि एकै धारणा बनाउनका लागि बैठक बोलाउन लागिएको राप्रपाका एक नेताले बताए । उनका अनुसार सो पार्टीका नेता पशुपतिशमशेर राणा पक्षधर कांग्रेसका उम्मेदवारका पक्षमा उभिने संकेत पाए पछि अध्यक्ष लिङदेनले साझा धारणा बनाउनका लागि बैठक बोलाएको हुन् ।