September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

जात व्यवस्था उन्मुलन मोर्चा, स्याङजाको पहिलो जिल्ला भेला सम्पन्न

२०७९ फाल्गुन १३

1K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,स्याङजा जिल्लाको पहिलो भेला सम्पन्न भएको छ । शनिबार स्याङजाको पुतलीबजार नगरपालिकामा जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रीय संयोजक राजकुमार हिङमाङ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको गण्डकी प्रदेश संयोजक विनोद सोनाम र जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका विदेश विभाग संयोजक प्रेम बर्देवाको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले रेशम गोतामेको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । सदस्यहरुमा राजेन्द्र कुमार सापकोटा,सुन्दर परियार,दिपिका सोनाम,रुपा सोनाम अर्याल,निर्मला सोनाम,शर्मीला सोनाम,अनु सोनाम,अमृता सोनाम र सञ्जय गोतामे रहेका छन् । जात व्यवस्था उन्मुलन मोर्चा,नेपालले हाल देशव्यापी संगठन विस्तार अभियान चलाइरहेको छ ।