दसैँ महान पर्व कि असमानता र विभेदको पक्षपोषक ?
प्रदीप घताल यत्तिबेला संसारभरका नेपालीहरुलाई दसैँ लागिरहेको छ । परदेशिएकाहरु छुट्टी नपाएर घर आउन नसकेकोमा दुःखी छन् भने नेपालमै भएकाहरु पनि विविध खाले तनावमा दसैँ मनाउन विवश छन् । हुनेखानेहरुलाई आफ्नो हैसियत र रवाफ देखाउने राम्रो अवसर बन्ने गरेको दसैँ पर्व दैनिक काम गरेर खाने कमजोर, निमुखा र दलितहरुको लागि भने विभेद, शोषण र बहिष्करणलाई...