त्यस दिन देखि मलाई गाउँ मन पर्न छाड्यो !
विवेक तमु, जन्म र मृत्यु हाम्रो नियन्त्रणमा हुँदैन तर जन्म र मृत्युको बीचमा पाउने अमूल्य जीवन कसरी जिउने भन्ने कुरा चाहिँ हाम्रो नियन्त्रणमा हुने गर्दछ । लमजुङको त्यो गाउँ जसलाई एकात्मक राज्य सत्ताले कर उठाउने ठाउँ बाहेक केही देखेन, त्यस ठाउँमा जन्मनु पक्कै मेरो नियन्त्रणमा थिएन । पोखरा जस्तो सहरबाट जम्मा ५० किलोमिटर पनि छैन...